Logo

बैंक / बिमा /शेयर

अर्थ सचिव मरासिनीलाई राष्ट्र बैंक सञ्चालकको सपथ


GDP Nepal
   २१ श्रावण २०७८, बिहिबार


काठमाडौं । अर्थ मन्त्रालयका सचिव मधुकुमार मरासिनीले नेपाल राष्ट्र बैंक सञ्चालक समितिको सदस्यको रूपमा पद तथा गोपनीयताको शपथ लिएका छन् ।

सर्वोच्च अदालतका प्रधान न्यायाधीश वा प्रधान न्यायाधीशले तोकेको न्यायाधीशबाट सपथ गराउनुपर्ने नियम अनुसार अर्थसचिव मरासिनीलाई सर्वोच्च अदालतका न्यायाधीश तेजबहादुर के.सी.ले सपथ गराएका हुन् ।

बुधबार सर्वोच्च अदालतमा आयोजित कार्यक्रममा न्यायाधीश के.सी.ले सचिव मरासिनीलाई शपथ ग्रहण गराएको केन्द्रीय बैंकले जनाएको छ ।

नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा १४ मा अर्थ मन्त्रालयका सचिव नेपाल राष्ट्र बैंक, सञ्चालक समितिको सदस्य रहने व्यवस्था छ ।

सोही ऐनको दफा १०८ मा बैंकका गभर्नर र सञ्चालकले सर्वोच्च अदालतका प्रधानन्यायाधीश वा निजले तोकेको न्यायाधीशसमक्ष पद तथा गोपनीयताको शपथ लिनुपर्ने व्यवस्था छ ।

शपथ ग्रहण कार्यक्रममा सर्वोच्च अदालतका मुख्य रजिष्ट्रार लालबहादुर कुँवर, गभर्नरको कार्यालयका निर्देशक मुक्तिनाथ सापकोटालगायतको उपस्थिति थियो

प्रकाशित : २१ श्रावण २०७८, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह