काठमाडौँ । सोमबार सेयर बजार परिसूचक नेप्से १५.८३ अंकले बढेर दुई हजार ६८३.२४ विन्दुमा पुगेको छ ।
बैंकिङ १, विकास बैंक ६६, फाइनान्स ८०, होटल तथा पर्यटन ८३, हाइड्रोपावर १५, माइक्रोफाइनान्स ९, ब्यापार ३, अन्य ३३, जीवन बीमा ३० र निर्जीवन बीमा उपसमूह १६३ अंकले बढेको छ । त्यस्तै, आज उत्पादन उपसमूह भने १५ अंकले घटेको छ ।
आज बेस्ट फाइनान्स कम्पनी र सुपर मादी हाइड्रा्पावरको सेयर सबैभन्दा धेरै ९.९१ प्रतिशतले बढेको छ । समग्रमा बजार बढेपनि आज ङादी ग्रुप पावरको सेयर १० प्रतिशतले घटेको छ ।
यस दिन ३०९ कम्पनीको एक करोड २२ लाख कित्ता सेयर ६ अर्ब ३४ करोडमा कारोबार भएको छ ।
प्रतिक्रिया