Logo

बिजनेस होम

रेष्टुरेन्ट कल्चर भित्र्याउने श्याम कक्षपति रहेनन्, हस्पिटालिटी क्षेत्रमा अपूरणीय क्षति


GDP Nepal
   २५ श्रावण २०७८, सोमबार


काठमाडौं। नेपालमा रेष्टुरेन्ट कल्चर भित्र्याउने उद्यमी श्यामसुन्दर लाल कक्षपतिको क्यान्सरका कारण निधन भएको छ । केही वर्षदेखि अस्वस्थ रहेका कक्षपतिको निधनले मुलुकको हस्पिटालिटी क्षेत्रमा अपूरणीय क्षति पुगेको छ ।

कक्षपतिको क्यान्सरका कारण निधन भएको हो । सोमबार दिउँसो बैंककको ब्रुमुनगार्ड अस्पतालमा उनको निधन भएको परिवारले जनाएको छ ।

नाङ्लो क्याफे स्थापना गरी नेपालीलाई क्याफे संस्कृतिमा अभ्यस्त गराउने श्रेय पाएका कक्षपतिले चितवनको कुरिनटारमा खोलेको रिभरसाइड रिसोर्ट पनि उत्तिकै लोकप्रिय छ । उनी सिर्जनशील उद्यमी थिए ।

कक्षपति होटल संघ नेपाल हानका पूर्वअध्यक्ष समेत रहिसकेका छन् । नाङ्लो र बेकरी क्याफेमार्फत बेकरी क्याफे चेन रेष्टुराँ खोलेर ममःलाई ब्राण्डिङ गर्ने उनी लामो समयदेखि मुखको क्यान्सरबाट पीडित थिए ।

प्रकाशित : २५ श्रावण २०७८, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह