Logo

Banner-news

टेबुल टेबुलमा सूचना चुहाएर ब्ल्याकमेलिङ गर्ने कार्यले राज्यको मनोवल गिराउँछ : अर्थमन्त्री


GDP नेपाल
   १ भाद्र २०७८, मंगलबार


काठमाडौँ ।

अर्थमन्त्री जनार्दन शर्माले समान र सन्तुलित नीति कार्यक्रम र बजेट ल्याउन मन्त्रालयका कर्मचारीलगायत विषय विज्ञ सामाजिक असमानताको बारेमा पर्याप्त जानकार हुनुपर्ने बताएका छन् ।

आर्थिक वर्ष २०७७-०७८ को वार्षिक समीक्षा तथा मन्त्रालय स्तरीय विकास समस्या समाधान समितिको बैठकलाई सम्बोधन गर्दै मन्त्री शर्माले कर्मचारीलगायत विषय विज्ञ सामाजिक असमानताको बारेमा पर्याप्त जानकार भए मात्र त्यसलाई हटाउने खालको नीति कार्यक्रम र बजेट ल्याउन सकिने बताएका हुन् ।

मन्त्रालयका कर्मचारीलाई समेत यस विषयमा जानकारी राख्न सुझाउँदै मन्त्री शर्माले भने “विषय विज्ञ मात्र भएर पुग्दैन, सामाजिक असमानताको बारेमा पर्याप्त जानकारी लिएको हुनुपर्छ । सामाजिक असमानता र असन्तुलनको बारेमा जानकारी भएन भने त्यसलाई हटाउने खालको नीति कार्यक्रम र बजेट बन्न सक्दैन ।”

यस्तै, गाउँ गाउँमा सरकारी स्वामित्वमा रहेका बैँकहरुले शाखा विस्तार गरि जनतालाई सक्दो सुविधा दिनुपर्नेमा मन्त्री शर्माले जोड दिएका छन् ।

यससँगै तोकिएको समय अघिनै मौद्रिक नीति बाहिरिएको विषयमा बोल्दै शर्माले सूचना चुहावट कार्यले ब्ल्याकमेलिङको घटनालाई बढावा दिने र राज्यको मनोवल समेत खस्कन सक्ने जनाएका छन् ।

सूचना चुहावट कार्यलाई तत्काल रोक्नुपर्ने जनाउँदै उनले भने, “तोकिएको समय अगाडि नै मौद्रिक नीति चुहिनु भनेको परीक्षा अगाडि नै प्रश्नपत्र आउट गरेजस्तो हो, टेबुल टेबुलमा सूचना चुहाएर ब्ल्याकमेलिङ गर्ने कार्यले राज्यको मनोवल गिराउँछ । यस्तो कार्य तत्काल रोक्नुस् ।”

प्रकाशित : १ भाद्र २०७८, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह