काठमाडौँ ।
बैंक अफ काठमाण्डू लिमिटेडको कायम मुकायम प्रमुख कार्यकारी अधिकृतमा श्रवण मास्के नियुक्त भएका छन् ।
बैंकका प्रमुख कार्यकारी अधिकृत शोभन देव पन्तको कार्यकाल समाप्त भएपछि बैंकले मास्केलाई जिम्मेवारी दिएको हो । आइतबार बसेको बैँकको सञ्चालक समितिको १९९ औँ बैठकले मास्केलाई कायम मुकायम प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गर्ने निर्णय गरेको हो ।
प्रतिक्रिया