काठमाडौँ ।
सिटिजन्स बैंकद्वारा प्रवर्द्धन तथा सिबिआईएल क्यापिटल लिमिटेडद्वारा व्यवस्थापन सिटिजन्स म्युचुअल फण्ड अन्तर्गत सञ्चालित सिटिजन्स म्युचुअल फण्ड १ र २ को लाभांश घोषणा भएको छ ।
क्यापिटल सञ्चालक समितिको भदौ १ गते बसेको बैठकले आर्थिक वर्ष २०७७र७८ को लागि सिटिजन्स म्युचुअल फण्ड १ र २ का इकाईधनीहरूलाई ४० प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
सिटिजन्स म्युचुअल फण्ड १ ले इकाईधनीहरुलाई ४० प्रतिशतका दरले हुन आउने ३२ करोड ८० लाख रुपैयाँ (कर सहित) र सिटिजन्स म्युचुअल फण्ड २ ले पनि इकाईधनीहरुलाई ४० प्रतिशतले हुने आउने २२ करोड ४० लाख रुपैयाँ नगद लाभांश वितरण गर्ने भएको छ ।
प्रतिक्रिया