काठमाडौँ ।
महन्थ ठाकुर समूहले नयाँ दल गठन गर्ने भएको छ । ठाकुर समूहले नयाँ पार्टीको नाम जनता समाजवादी पार्टी लोकतान्त्रिक राख्ने भएको छ भने चुनाव चिन्ह साइकल राख्ने भएको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले २० प्रतिशत सदस्यको समर्थन भए दल विभाजन गर्न मिल्ने गरी अध्यादेश जारी गरेसँगै ठाकुर समूह निर्वाचन आयोग जाने तयारीमा जुटेको छ । समूहले २३ सदस्यीय कार्यकारिणी समिति बनाउने निर्णय गरेको स्रोतले जनाएको छ ।
प्रतिक्रिया