Logo

बैंक / बिमा /शेयर

अनलाइन खाता खोल्नेका लागि सानिमा बैंकले ल्यायो नि:शुल्क अफर


GDP नेपाल
   ३ भाद्र २०७८, बिहिबार


काठमाडौँ ।

सानिमा बैंकले अनलाईनबाट खाता खोल्ने ग्राहकहरुका लागि विभिन्न निशुल्क सुविधाहरु ल्याएको छ । सानिमा बैंकको नयाँ अफरमा अनलाइनबाट खाता खोल्दा निःशुल्क डिम्याट खातादेखि डलरकार्डसम्म पाइने भएको छ ।

बैंकले अनलाइनबाट खाता खोल्दा डेबिट र क्रेडिट कार्ड, मोबाइल बैंकिङ, डिम्याट खाता, इन्टरनेट बैंकिङ, मेरो शेयर पहिलो वर्षका लागि निःशुल्क जारी हुने जनाएको छ । त्यस्तै लकर सुविधामा ५० प्रतिशत छुट, इस्टेटमेन्ट सेवाका लागि निःशुल्क नामांकन, निःशुल्क चेक बुक जारी र अन्तर्राष्ट्रिय भुक्तानीका लागि निःशुल्क अमेरिकी डलर कार्ड पनि पाइने बैँकले बताएको छ ।

प्रकाशित : ३ भाद्र २०७८, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह