Logo

Banner-news

मेघौली सेराईबाट फर्किंदै ताज ग्रुप


GDP Nepal
   ३ भाद्र २०७८, बिहिबार


काठमाडौं । चौधरी समूहले सञ्चालन गरिरहेको मेघौली सेरई रिसोर्टको व्यवस्थापन गरिरहेको भारतको प्रसिद्ध चेन होटल कम्पनी ताज ग्रुप फिर्ता हुने भएको छ । ताजले सम्झौता अवधि समाप्त भएसँगै नवीकरण नगरी फिर्ता हुन लागेको हो ।

ताज ग्रुप र चौधरी समूहले यस विषयमा हालसम्म औपचारिक जानकारी नदिए पनि सम्बद्ध स्रोतका अनुसार केही महिनाभित्रै ताज बाहिरिने र दक्षिण भारतमा लोकप्रिय अर्को चेन होटल मेघौली सेराईको व्यवस्थापनका लागि नेपाल भित्रिने जनाइएको छ ।

चितवनको नारायणी नगरपालिका वडा नं. १ मेघौलीमा रहेको यो रिसोर्ट आतिथ्य सत्कार क्षेत्रका लागि मुलुककै बेञ्चमार्क मानिन्छ ।

ताज बाहिरिने आन्तरिक घोषणासँगै कतिपय कर्मचारीले पनि मेघौली सेराई छाडिसकेका छन् ।

भारतमा निकै लोकप्रिय ताज ग्रुपका संस्थापक जमशेदजी टाटाले सन् १९०३ मा स्थापना गरेका थिए ।

प्रकाशित : ३ भाद्र २०७८, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह