Logo

बैंक / बिमा /शेयर

बैंक अफ काठमाण्डूको कन्ट्याक्टलेस भिसा डेबिट कार्ड सञ्चालनमा


GDP नेपाल
   ४ भाद्र २०७८, शुक्रबार


काठमाडौँ ।

बैंक अफ काठमाण्डू लिमिटेडले कन्ट्याक्टलेस भिसा डेबिट कार्ड सञ्चालनमा ल्याएको छ । नीयर फील्ड कम्यूनिकेसनमा आधारित उक्त कार्डमा ट्याप सुविधा भएको पीओएस मेसिनहरुमा प्रयोग गरी भुक्तानी गर्न सकिने सुबिधा रहेको हो । यस प्रबिधिमा मेसिन भित्र कार्ड नराखी एउटा सिमित दुरिबाट पीओएस मेसिनमा ट्याप मात्र गरी भुक्तानी गर्न सकिन्छ ।

हालको विश्व महामारीको रुपमा रहेको कोभिड १९ को जोखिममा न्यूनिकरणको लागि यस कन्ट्याक्टलेस कार्डको माध्यमबाट भुक्तानी गर्दा ग्राहकलाई व्यक्तिगत दुरी कायम गर्न सहज हुने बैंकले जनाएको छ । बैंकका अनुसार हाललाई यस प्रबिधिमार्फत ग्राहकले प्रति कारोबार दुई हजार रुपैयाँसम्मको कारोबार गर्न सक्नेछन् ।

त्यस्तै, बैंकले प्रविधिमैत्री सेवा तथा सुबिधा उपलब्ध गराउने मनसायले मोबाईल बैंकिङ्ग, संस्थागत ग्राहकलाई लक्षित गरी इन्टरनेट बैंकिङ्ग, १०० भन्दा बढि स्थानहरुमा छुटको ब्यवस्था सहितको डेबिट तथा क्रेडिट कार्ड, अन्र्तराष्ट्रिय अनलाइन सञ्चारमाध्यमहरु (फ्री फयर, प्राइम भिडियो, पब्जी )मार्फत सामान तथा सेवा खरिद गरी वार्षिक ५०० अमेरिकी डलरसम्मको भुक्तानी गर्न मिल्ने ईकम प्रिपेड कार्ड तथा अन्य ग्राहक मुखी सेवा तथा सुबिधाहरु ल्याएको छ ।

 

प्रकाशित : ४ भाद्र २०७८, शुक्रबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह