काठमाडौं । विभिन्न मुलुकमा रहेका नेपाली कुटनीतिक नियोगका प्रतिनिधिले नेपाली उत्पादनको बजारीकरणमा सघाउने प्रतिबद्धता जनाएका छन् ।
परराष्ट्र मन्त्रालयको आयोजना र निर्यात व्यवसायी महासंघ नेपालको समन्वयमा नेपालको निर्यात व्यवसायलाई अभिबृद्धि गरि व्यापार घाटा कम गर्ने, सरोकारवालाहरु बिच प्रभावकारी समन्वय तथा सहकार्य अभिवृद्धि गर्ने र आर्थिक कूटनीति बलियो बनाउन अन्तरक्रिया भएको थियो ।
साउन २७ देखि २९ गतेसम्म भएको कार्यक्रममा विदेशस्थित नेपाली राजदुत, कुटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधिहरु, निर्यात व्यवसायी महासंघ नेपाल र नेपाली निर्यातकर्ताहरूको वृहत सहभागिता थियो ।
कार्यक्रममा नेपालको निर्यात व्यापारको वर्तमान अवस्था, निर्यात योग्य बस्तुहरुको सूची, मौलिक वस्तुहरुको बजारीकरण गर्न गर्नु पर्ने रणनीतिक योजना, ब्राण्डिङका लागि कलेक्टिभ ट्रेडमार्कको बजारीकरणका साथै गन्तव्य मुलुकहरुको माग पहिचान, बजार अध्ययनमा नियोगहरुको भूमीकाका बिषयमा छलफल गरिएको थियो ।
विगतका व्यापार मेलाहरुमा भएका कमि कमजोरी र सुधार गरिनु पर्ने विषयवस्तुहरुको बिषयमा छलफल केन्द्रित रहेको थियो । निर्यात व्यवसायी महासंघ नेपाल र व्यापार तथा निर्यात प्रर्वद्धन केन्द्रद्धारा निर्यात व्यापार अभिबृद्धिका लागि कुटनीतिक नियोगको भूमिका, योजना र आगामी दिनमागर्नु पर्ने सहकार्य, समन्वयका विषयहरुमा छुट्टा छुट्टै कार्यपत्र प्रस्तुती गरि छलफल र समिक्षा गरिएको थियो ।
नेपाली नियोगहरु बिच समन्वय, सहकार्य र सूचना आदान प्रदानमा अभिवृद्धि भई आगामी तीन वर्षमा नेपालको निर्यात व्यापारको आकार १ अर्ब अमेरिकी डलरबाट २ अर्ब डलर र आगामी पाँचवर्ष (सन् २०२५ को अन्त्यसम्म) मा ७ अर्ब डलर बनाउने महासंघको रणनैतिक लक्ष्य पुरा गर्नको लागि सो अन्तरकृया कार्यक्रम कोशे ढुंगा सावित हुने बिश्वास लिईएको जनाइएको छ ।
विदेशस्थित कुटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधीहरुले निर्यात प्रर्वद्धनलाई प्राथमिकतामा राखि कार्यक्रमहरु तय गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए । अन्तरकृयाका क्रममा नेपाल सरकार परराष्ट्र मन्त्रालयका सचिवले विदेशस्थित कुटनीतिक नियोगहरुलाई नेपालको निर्यात व्यापारमा १.५ बर्ष भित्र ठोस परिणाम देखिने गरि लाग्न निर्देशन समेत दिए ।
प्रतिक्रिया