काठमाडौँ ।
महालक्ष्मी विकास बैंक लिमिटेडले कमर्सियल भेहिकल्स खरिद गर्न चाहने ग्राहकहरुलाई सरल तथा सुलभ तरिकाबाट कर्जा सेवा उपलब्ध गराउने उद्देश्यले सिप्रदि ट्रेडिङ प्रा. लि. सँग सम्झौता गरेकोे छ ।
सम्झौता अनुसार सिप्रदिबाट ग्राहकहरुले टाटा ब्राण्डका गाडीहरु खरिद गर्दा महालक्ष्मी विकास बैंकमार्फत सरल तरिकाले कर्जा सुविधा प्राप्त गर्न सक्नेछन् । ग्राहकहरुलाई अधिकतम ५ वर्षको लागि कर्जा उपलब्ध गराउनुका साथै अधिकतम ७० प्रतिशत सम्म कर्जा प्रवाह गरिने छ ।
देशभर १०३ वटा शाखाहरुबाट बंैकिङ्ग सेवा प्रदान गर्दै आएको महालक्ष्मी बैंकका सम्पूर्ण शाखाहरुबाट यो सुविधा उपलब्ध हुने बताइएको छ ।
प्रतिक्रिया