Logo

कर्पोरेट-बजार

उद्योग वाणिज्य महासंघ र युवा उद्यमी मञ्चबीच सम्झौता


GDP नेपाल
   ६ भाद्र २०७८, आइतबार


काठमाडौँ ।

नेपाली युवा उद्यमी मञ्च काठमाडौं च्याप्टर र उद्योग वाणिज्य महासंघ स्टार्टअप एण्ड इनोवेशन कमिटीले नेपालमा युवा उद्यमशीलता र स्टार्टअपको वृद्धि र उत्थानका लागि एक साथ काम गर्न आपसी सहयोग सम्झौतामा हस्ताक्षर गरेको छ ।

महासंघ आफ्ना प्रतिनिधि रणजीत आचार्य प्रतिनिधित्वमा मञ्चको स्टार्टअप पुरस्कारमा साझेदार बन्न सहमत भएको हो । मञ्चका काठमाडौं अध्यायकातर्फबाट अध्यक्ष निरज कर्माचार्य सहभागी थिए ।

सकारात्मक व्यापार सोच र सशक्तिकरणको लक्ष्यसहित स्थापित मञ्चले नेपाली युवाहरुबीच विचार आदानप्रदान, फेलोसिप, शिक्षा, प्रशिक्षण र वकालतको माध्यमबाट उत्कृष्ट उद्यमीहरु सिर्जना गर्ने लक्ष्य लिएको छ । मञ्चले देशभित्रका सबै युवा उद्यमीलाई एक साथ ल्याउन सहयोग पुर्‍याउँदै आएको छ ।

प्रकाशित : ६ भाद्र २०७८, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह