Logo

कर्पोरेट-बजार

जुलाईमा चीनको कच्चा स्टील उत्पादनमा कमी


GDP नेपाल
   ६ भाद्र २०७८, आइतबार


बेइजिङ ।

चीनको कच्चा स्टीलउत्पादन गत महिना घटेको छ ।

राष्ट्रिय तथ्याङ्क विभाग ९एनबीएस० को तथ्याङ्कअनुसार चीनको कच्चा स्टिलको उत्पादन गत महिना घटेको पाइएको हो । “जुलाईमा देशको कच्ची स्टील उत्पादन ८६।७९ मिलियन टन रहेको छ र यो अघिल्लो बर्षको सोही अवधिको तुलनामा ८.४ प्रतिशत कम हो,” विभागले आफ्नो सूचनामा भनेको छ ।

वर्षको पहिलो सात महिनामा कच्चा स्टिलको उत्पादन वर्षमा ८ प्रतिशतले वृद्धि भएर ६४८.३३ करोड टन पुगेको थियो । चीनले जुलाईमा एक करोड १० लाख टन स्टील उत्पादन गरेको थियो । यो खघिल्लो बर्षको तुलनामा ६.६ प्रतिशतले कमी हो ।

एनबीएसका अनुसार जनवरी–जुलाई अवधिमा स्टिलको उत्पादन ८०९.०२ करोड टन पुग्यो र यो एक वर्ष पहिलेको तुलनामा १०.५ प्रतिशतके वृद्धि हो ।

हालैका वर्षहरूमा चीनले विशेष गरी ऊर्जा खपत गर्ने स्टील उत्पादनको क्षेत्रमा लगाउँदै आएको क्षमता कम गर्न ठोस कदम चालिसकेको छ ।

चीनले यहाँको १३ औं पञ्चवर्षीय योजना अवधि (सन् २०१६–२०२०) को अवधिमा आफ्नो स्टील उत्पादनलाई निर्धारित समयभन्दा १५ करोड टनले कम गर्ने लक्ष्य लिएको थियो ।

प्रकाशित : ६ भाद्र २०७८, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह