काठमाडौँ ।
मानुषी लघुवित्तको आईपीओ बाँडफाँट भएको छ । साउन २७ देखि ३१ गतेसम्म निष्काशन भएको आईपीओ सोमबार बिहान शेयर निष्काशन तथा बिक्री प्रबन्धक नेपाल एसबीआई मर्चेन्टमा बाँडफाँट भएको हो ।
लघुवित्तको आईपिओमा २३ लाख ५४ हजार ७८४ जना आवेदन परेको थियो । जसमा ७ हजार ४३ जनाको आवेदन रद्द भएको छ ।
गोलाप्रथाबाट ३६ हजार ८ सय ५९ जनाले १० कित्ता शेयर पाएका छन् । ति मध्ये ३ जना आवेदकले ११ कित्ता शेयर पाएका छन् ।
यस्तो छ रिजल्ट हेर्ने तरिका
सानिमा लाइफको आईपीओको नतिजा अनलाइनबाटै थाहा पाउन सकिन्छ । नतिजा बिक्री प्रबन्धक एसबीआई मर्चेन्टको वेबसाइट, सिडीएससीको मेरो शेयर र सिडीएसको आईपीओ रिजल्ट वेबसाइटबाट हेर्न सकिने छ ।
प्रतिक्रिया