Logo

Banner-news

पेट्रोलियम पदार्थको मूल्य वृद्धि, विद्यार्थी संघद्वारा सशक्त सङ्घर्षमा उत्रने चेतावनी


GDP नेपाल
   ८ भाद्र २०७८, मंगलबार


काठमाडौँ ।

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ ।

निगमले पेट्रोलियम पदार्थमा सोमबार रातिदेखि लागू हुने गरि पेट्रोल, डिजल, मट्टितेल र हवाई इन्धनमा प्रतिलिटर दुई दुई रुपैयाँ मूल्यवृद्धि गर्दै पेट्रोल १३०, डिजल र मट्टितेल ११३ तथा हवाई इन्धन प्रतिलिटर ८६ रूपैयाँ र खाना पकाउने एल पि ग्यासमा २५ रुपैयाँ वृद्धि गरेको छ ।

त्यस्तै, पेट्रोलियम पदार्थमा गरिएको मूल्य वृद्धिविरुद्ध विभिन्न विद्यार्थी संघहरुले विरोध जनाएका छन् । अखिल (क्रान्तिकारी) का अध्यक्ष हरिकृष्ण गजुरेलले पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि तत्काल फिर्ता लिन सकरकारसंग माग गरेको छ । विज्ञप्ति जारी गर्दै गजुरेलले माग पुरा नभएन सशक्त सङ्घर्षमा उत्रन बाध्य हुने चेतावनी समेत दिएका छन् ।

प्रकाशित : ८ भाद्र २०७८, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह