Logo

बैंक / बिमा /शेयर

सानिमा बैंकले कक्षा ११ र १२ अध्ययनको लागि छात्रवृत्ति दिने


GDP नेपाल
   ११ भाद्र २०७८, शुक्रबार


काठमाडौँ ।

कक्षा ११ र १२ अध्ययनको लागि सानिमा बैंकले छात्रवृति दिने भएको छ । छात्रवृति लिन ईच्छुक विद्यार्थीले भदौ २१ गतेसम्म आवेदन दिनुपर्र्ने छ ।

बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत उपत्यका बाहिरका प्रत्येक शाखाहरुबाट कक्षा ११ र १२ का लागि गरिब तथा विपन्न वर्गका २–२ जना विद्यार्थीलाई उनीहरुकै रोजाईको कलेज र विषयमा उच्च शिक्षा हासिल गर्न छात्रवृत्ति प्रदान गर्दै आइरहेको छ ।

यस कार्यक्रम अन्तर्गत विद्यार्थीहरुलाई शैक्षिक संस्थामा लाग्ने शुल्कहरु तथा शैक्षिक सामाग्रीहरुका साथै अतिरिक्त मासिक २ हजार नगदसहित दुई वर्षका लागि छात्रवृत्ति प्रदान गर्दै आएको बैंकले जनाएको छ ।

प्रकाशित : ११ भाद्र २०७८, शुक्रबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह