Logo

बिजनेस होम

त्रिशुल ग्यासमा बाढी पस्यो, करोडौंको क्षति


GDP Nepal
   ११ भाद्र २०७८, शुक्रबार


काठमाडौं । अविरल वर्षापछि आएको बाढीले त्रिशुल ग्यास उद्योगमा ठूलो क्षति पुर्याएको छ । उद्योगका मेसिनरी, सवारीसाधन तथा ग्यास सिलिण्डर लगायतका उपकरण पानीमा डुबेका छन् ।

आठ सय टन क्षमताको यो उद्योगमा २ लाखभन्दा बढी सिलिण्डर रहेका छन् । उद्योगको सबैजसो भाग डुबेको र मेसिनरी सामग्रीको अवस्था हेरी क्षतिको एकिन विवरण आउने उद्योगका सञ्चालक शिवप्रसाद घिमिरेले बताए ।

उद्योगबाट हाल पानी निकाल्ने काम भइरहेको र पानी निकालेलगत्तै मेसिनको अवस्था हेरी क्षतिको विवरण दिइने घिमिरे बताउँछन् । हाल उद्योगमा करिब ५० करोड बराबरको लगानी रहेको छ ।

रुपन्देहीको भैरहवामा रहेको ग्यास उद्योगमा व्यवसायी घिमिरेको एसजी अर्गनाइजेसनको लगानी रहेको छ । अढाई वर्षअघि युनिभर्सल समूहसँग घिमिरेले यो उद्योग खरिद गरेका हुन् ।

प्रकाशित : ११ भाद्र २०७८, शुक्रबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह