Logo

बैंक / बिमा /शेयर

गत आर्थिक वर्षमा अन्तर बैंक कारोबार १९ खर्ब ९६ अर्ब बढी


GDP नेपाल
   १४ भाद्र २०७८, सोमबार


काठमाडौँ ।

आर्थिक वर्ष २०७७/७८ मा अन्तर बैंक कारोबार १९ खर्ब ९६ अर्ब ५८ करोड भएको छ । यसमध्ये वाणिज्य बैंकहरूको अन्तर बैंक कारोबार १७ खर्ब ८२ अर्ब ९६ करोड भएको छ भने वाणिज्य बैंकहरू बाहेकका अन्य वित्तीय संस्थाहरूबीचको अन्तर बैंक कारोबार २ खर्ब १३ अर्ब ६२ करोड भएको छ ।

अघिल्लो वर्ष यस्तो कारोबार रु. १६ खर्ब ३० अर्ब ८५ करोड थियो । यसमध्ये वाणिज्य बैंकहरूको १५ खर्ब १ अर्ब ४५ करोड र अन्य वित्तीय संस्थाहरूको १ खर्ब २९ अर्ब ४० करोड कारोबार भएको थियो ।

त्यस्तै २०७७ असारमा ९१ दिने ट्रेजरी बिलको भारित औसत ब्याजदर १.२७ प्रतिशत रहेकोमा २०७८ असारमा ४.५५ प्रतिशत रहेको छ । वाणिज्य बैंकहरूबीचको अन्तर(बैंक कारोबारको भारित औसत ब्याजदर २०७७ असारमा ०.३५ प्रतिशत रहेकोमा २०७८ असारमा ४.१२ प्रतिशत रहेको छ ।

यसै गरी गत आर्थिक वर्ष २०७७/७८ मा वाणिज्य बैंकहरूले आफ्नो कर्जा विस्तारका लागि आधार दर (बेस रेट) घटाएका थिए । कोरोना महामारीका कारण कर्जा प्रवाहमा समस्या आएपछि सञ्चालनमा रहेका २७ वटै वाणिज्य बैंकहरूले अघिल्लो वर्षको तुलनामा १।६१ प्रतिशतले आधार दर घटाएका हुन् ।

बैंकहरूले औसतमा यस्तो दर घटाएर ६ दशमलव ८९ प्रतिशतमा झारेका थिए । आर्थिक वर्ष २०७६/७७ को असार मसान्तमा यी बैंकहरूको आधार दर औसतमा ८ दशमलव ५० प्रतिशत थियो ।

बैंकहरूले कर्जाको प्रवाह गर्दा व्याजदर निर्धारणमा स्पष्टसँग पहिचान गर्न सकिने तत्वहरू समावेश गरी गणना गरिएको दरलाई आधार दर भनिन्छ । यस्तो दर जति कम भयो त्यति नै बढी कर्जा प्रवाह गर्न सहज हुने गर्छ ।

प्रकाशित : १४ भाद्र २०७८, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह