बुटवल । लुम्बिनीमा प्रदेश सरकार फेरिएसँगै प्रदेश योजना आयोगमा पनि नयाँ नियुक्ति भएको छ । आयोग उपाध्यक्षमा बुटवलका वामदेव क्षेत्री नियुक्त भएका छन् भने सदस्यमा गुल्मीका डा. दामोदर भुसाल र कपिलवस्तुका शिवपुजन यादव चयन भएका छन् ।
आइतबार बसेको प्रदेश मन्त्रीपरिषद्को बैठकले बुटवल उपमहानगरपालिका–८ निवासी माओवादीका केन्द्रीय सदस्यसमेत रहेका क्षेत्रीलाई उपाध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो ।
कांग्रेस युवा नेता भुसालले ‘नेपालको सामाजिक जीवनमा बिप्रेषणले पारेको प्रभाव’ शीर्षकमा चीनको पेकिङ विश्वविद्यालयबाट विद्यावारिधी हासिल गरेका छन् ।
प्रतिक्रिया