Logo

बिजनेस होम

टिभिएसको अपाचे आरआर ३१० सार्वजनिक


GDP नेपाल
   १५ भाद्र २०७८, मंगलबार


काठमाडौँ ।

टिभिएस मोटर्सले नयाँ भर्सनको अपाचे आरआर ३१० सार्वजनिक गरेको छ। कम्पनीका अनुसार अपाचे आरआर ३१० को नयाँ भर्सनमा विभिन्न विषेशताहरु थपिएका छन् ।

बाइकको बाहिरी आवरणमा रेस रेप्लिका ग्राफिक्स राअिएको छ भने यसको पर्फर्मेन्ससमेत अपटेड गरिएको छ । नयाँ भर्सनको अपाचे आरआर ३१० विभिन्न रंगमा सार्वजनिक गरिएको छ । बाइकको अगाडि र पछाडि दुवै भागमा एडजस्टेबल सस्पेन्सन पाउन सकिन्छ भने यसको अलोय ह्विल पनि नयाँ प्रकारको छ। नयाँ अपाचे आरआर ३१० मा डिजिटल क्लस्टर युनिट पाउन सकिन्छ। यसमा भएको डिजिटल डक्युमेन्ट स्टोर, डे ट्रिप मिटर, ओभरस्पिड इन्डिकेटरलगायतमा पनि अपडेट पाउन सकिन्छ।

अपाचे आरआर ३१० मा सिंगल सिलिन्डर इन्जिन पाउन सकिन्छ जुन बिएमडब्ल्यु जि ३१० आरको इन्जिनमा आधारित छ। जसले ३४ एचपी पावर र २७.३ एनएमको टर्क जेनेरेट गर्छ। यसमा ६ स्पीड म्यानुअल ट्रान्समिसन छ। यसभन्दा अघि नयाँ अपाचे आरआर ३१० मा बिएस ६ मा आधारित ३१२ सिसीको सिंगल सिलिन्डर हुने अनुमान लगाइएको थियो । गत वर्षदेखि अपाचे ३१० मा चार राइडिङ मोड समावेश गरिएको छ (स्पोर्ट, अर्बन, ट्रयाक र रेन)। त्यस्तै यसमा ब्लुटुथ कनेक्टिभिटीसहितको टिएफटी स्क्रिन पाइन्छ।

त्यस्तै, यसको बुकिङ पनि खुला भइसकेको छ । कम्पनीका अनुसार नयाँ अपाचे आरआर ३१० को मूल्य भारु २ लाख ६० हजार तोकिएको छ।

प्रकाशित : १५ भाद्र २०७८, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह