Logo

कर्पोरेट-बजार

एसइई दिएका विद्यार्थीलाई एनसेलको विषेश अफर


GDP नेपाल
   १५ भाद्र २०७८, मंगलबार


काठमाडौँ ।

एनसेल आजियाटा लिमिटेडले २०७८ सालको माध्यामिक शिक्षा परीक्षा (एसइई) दिएका विद्यार्थीहरूका लागि विषेश अफर ‘पहिलो सिम’ ल्याएको छ । यो योजना मंगलबार (भदौ १५)देखि संचालनमा ल्याएको हो । 

एसइईका विद्यार्थीले मात्र रु १ मा प्रिपेड सिमको खरिदका साथै रिचार्जमा बोनस ब्यालेन्स, निःशुल्क माइफाइभ सेवा र बोनस डाटा लगायत विभिन्न फाइदा लिन सकिने एनसेलले जनाएको छ । 

पहिलो सिम लिने विद्यार्थीले सिम एक्टिभेट गरेको सात दिनभित्र १०० वा सो भन्दा बढीको पहिलो रिचार्जमा रु २० मेन ब्यालेन्स र ३० दिनसम्म प्रत्येक दिन १५० एमबी डाटा पाउने छन् ।
 
त्यसै गरी रु ५० वा सोभन्दा बढीको प्रत्येक रिचार्जमा ६ महिनासम्म विभिन्न बोनस सुविधाहरूको फाइदा लिन सकिन्छ । यस्तो रिचार्जमा विद्यार्थीहरूले ३ दिन मान्य हुने ५०० एमबी डाटा, अन्य एनसेल नम्बरमा कल गर्न ५० मिनेट टक टाइम र त्यसै गरी अन्य एनसेल नम्बरमा पठाउन मिल्ने ५० वटा एसएमएस बोनस प्राप्त हुने छ ।

विद्यार्थीहरूलाई यो सिम लिनका लागि आफ्नो एक प्रति पासपोर्ट साइज फोटो, आफ्नो कक्षा १० को मार्कसिटको फोटोकपी, आफ्नो नागरिकता वा आफ्नो आमा वा बाबुको नागरिकताको फोटोकपी आवश्यक पर्दछ । विद्यार्थीले आफूलाई पायक पर्ने एनसेल सेन्टरबाट सिम लिन सक्छन् ।

भ्वाइस, डेटा र एसएमएसमा आकर्षक बोनस बाहेक यो योजनामा निःशुल्क माइफाइभ सेवा पनि उपलब्ध छ । विद्यार्थीहरूले आफूलाई सधै सम्पर्कमा रही रहनुपर्ने अधिकतम पाँचवटा एनसेल नम्बरहरू सजिलैसँग माइफाइभ समूहमा सेट गर्न सक्छन् । 

नम्बरहरू माइफाइभ समूहमा राखेपछि विद्यार्थीहरूले पहिलो ३० दिनसम्म ती नम्बरहरूमा मात्र ५० पैसा प्रति मिनेट शुल्कमा कुराकानी गर्न सक्छन् । ३० दिनपछि, रु १०० वा सो भन्दा माथिको रिचार्जमा यो सेवाले निरन्तरता पाउनेछ।

प्रकाशित : १५ भाद्र २०७८, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह