काठमाडौँ ।
‘आइएमई पे’ ले ‘एप एक क्यु आर अनेक ’ भन्ने मूल नारा का साथ आइएमई पे एपबाट नेपालमा उपलब्ध सबै क्यु आर स्क्यान गर्दा १ हजारसम्म जित्न सक्ने योजना सार्वजनिक गरेको छ ।
उक्त योजना १६ भाद्र देखि २०७८ १४ असोज सम्म लागु हुनेछ । सेवाग्राहीले नेपालमा उपलब्ध फोन पे, स्मार्ट क्यु आर, युनियन पे र आइएमई पे क्यु आर सेवाग्राहीहरुले सजिलै आइएमई पे एपबाट स्क्यान गरी भुक्तानी गर्न सक्ने छन् ।
नेपाल सरकारको डिजिटल नेपाल अभियानलाई आत्मसात गरी उक्त अभियानमा सहभागी हुँदै आएको आइएमई पेको यो सेवाले डिजिटल नेपाल अभियानलाई थप बल मिल्ने विश्वास गरिएको छ ।
प्रतिक्रिया