काठमाडौँ ।
नेपाल राष्ट्र बैंकका प्रवक्ता देवकुमार ढकालले यो वर्षको मौद्रिक नीति उद्योगी व्यवसायीको पक्षमा रहेको बताएका छन् ।
भक्तपुर उद्योग वाणिज्य संघको आयोजनामा जुमको माध्यमबाट मौद्रिक नीति २०७८ का सकारात्मक पक्षहरु विषयक एक अन्तरक्रिया कार्यक्रममा उनले यो वर्षको मौद्रिक नीतिले कोभिड माहामारीको कारण प्रभावित क्षेत्रहरु सिनेमा हल, यातायात, पर्यटन क्षेत्र, होटल, हस्तकला उद्योेग, पार्टी प्यालेस, शिक्षा क्षेत्रलाई केही राहत दिने प्रयास भएको जानकारी दिए ।
कोरोनाका कारण व्यवसाय संचालन गर्न कठिनाई भोगिरहेकाहरुको लागि तथा रोजगारी गुमाएकाहरुलाई लक्षित गरी विभिन्न सहुलियत कर्जाका कार्यक्रम संचालनका रहेको उनले बताए । कर्जाको व्याज भुक्तानीमा पनि व्यवसायमा परेको कोरोनाको प्रभावको आधारमा सहुलियतको व्यवस्था रहेको जानकारी उनले गराए ।
प्रतिक्रिया