Logo

बैंक / बिमा /शेयर

कृषि विकास बैंकद्वारा समता शैक्षिक गुठीलाई आर्थिक सहयोग


GDP नेपाल
   १७ भाद्र २०७८, बिहिबार


काठमाडौं ।

कृषि विकास बैंकले मुख्य कार्यालय रामशाहपथमा आयोजित कार्यक्रममा समता शैक्षिक गुठीलाई नगद पाँच लाख रुपैयाँ हस्तान्तरण गरेको छ ।

लोकप्रिय कलाकार जोडी मदनकृष्ण श्रेष्ठ तथा हरिवंश आचार्यको उपस्थितिमा कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल कुमार उपाध्यायले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत समता शैक्षिक गुठीका सञ्चालक उत्तम संञ्जेललाई उक्त रकमको चेक हस्तान्तण गर्नु भएको हो ।

उक्त कार्यक्रममा कलाकार जोडी मदनकृष्ण श्रेष्ठ तथा हरिवंश आचार्यलाई बैंकको तर्फबाट उहाँहरुको सुस्वास्थ्य तथा दिर्घायूका कामना सहितको सम्मान समेत गरिएको थियो ।

सम्मानित कलाकारद्वयले कृषि विकास बैंक गरिव किसान लगायत सबैको बैंकको रुपमा आफूलाई चिनाउन सफल भएको देखिएका तथा आगामी दिनमा पनि बैंकको थप प्रगतिका लागि शुभकामना व्यक्त गर्नुभयो ।

कार्यक्रमका अध्यक्ष तथा बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल कुमार उपाध्यायले बैंकले वर्तमान अवस्थामा पुर्‍याएका सेवाका बारेमा उल्लेख गर्दै मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यलाई बैंकको तर्फबाट सम्मान गर्न पाएकोमा खुशी व्यक्त गर्नुभयो ।

उपाध्इयायले आगामी दिनमा समता शैक्षिक गुठीलाई यस प्रकृतिका सहयोगहरु बैंकका फिल्डस्थित प्रदेश कार्यालहरुबाट समेत नियमानुसार उपलव्ध गर्न सकिने भन्दै समता शैक्षिक गठीले पुर्‍याएको योगदानको प्रशंसा गर्नुभयो ।

कार्यक्रममा कृषि विकास बैंकका उप–महाप्रबन्धकज्यूहरु प्रताप सुवेदी, यज्ञप्रकाश न्यौपाने, ध्रुवचन्द्र गौतम, दिर्घ बहादुर अर्याल, प्रेम कुमार श्रेष्ठ, बाबुकाजी थापा, बैंक ब्राण्डएम्वेस्डरद्वय हास्य अभिनेता जीतु नेपाल तथा आश्रा कुँवर, बैंकका विभागीय प्रमुखहरु, बैंकका प्रवक्ता तथा कम्पनी सचिव हिमलाल पौडेल लगायत अन्य कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममा स्वागत मन्तव्य बजार तथा शाखा सञ्चालन विभागका विभागीय प्रमुख गिरिधारी पौडेलले गर्नु भएको थियो भने कार्यक्रमको संचालन शाखा प्रमुख विनोद कोईरालाले गर्नु भएको थियो ।

प्रकाशित : १७ भाद्र २०७८, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह