काठमाडौँ ।
टिभीएसले दशैं, तिहार र छठलाई लक्षित गर्दै ‘टीभीएस ६ प्राइजको सर्पाइज’ योजना ल्याएको छ।
६ पटकसम्म उपहार जित्न मिल्ने यस उपहार योजनाअन्तर्गत ग्राहकहरूले विभिन्न टीभीएसका मोटरसाइकल तथा स्कुटरको खरिदमा हात खाली नहुन्जेल आकर्षक तथा भव्य उपहारहरु प्राप्त गर्नेछन्।
कम्पनीकाअनुसार मुलुकभरिका सम्पूर्ण टिभिएस सोरुमहरुमा उपलब्ध हुने सो योजना भदौ १६ बुधबारबाट शुरू हुनेछ भने छठपछि समाप्त हुनेछ । योजना हुनेछ ।
चाडपर्वको हर्षको समयमा ग्राहकको जीवनमा थप उत्साह भर्न यस योजनाले एक पटक, दुइ पटक मात्र नभएर पुरै ६ पटकसम्म प्राइजको सरप्राइज प्रदान गर्ने छ ।
यस योजनामा ग्राहकले सवारी किन्दै नकिनी १ लाख रूपैयाँसम्म जित्न सक्नेछन् र सवारी खरिद गर्दा १० लाखसम्मको भारी नगद हात पार्न सक्नेछन् भने ग्राहकहरूले दैनिक रियलमी सी २० स्मार्ट फोन पनि जित्न सक्नेछन् ।
उक्त योजनाले ग्राहकलाई हरेक साता शतप्रतिशत क्यास ब्याकको अफरसमेत राखेको छ। जसमा ग्राहकले सवारी खरिद गर्दा बुझाएको सम्पूर्ण रकम फिर्ता पाउनेछन् भने हरेक महिना टीभीएस अपाचे आरआर ३१० पाउने सुवर्ण अवसर समेत रहेको छ ।
सो योजनाको मुख्य सरप्राइजमा यसको बम्पर प्राइज रहेको छ, जहाँ ग्राहकले योजनाको अन्त्यमा टिभिएसको सवारीसँगै प्रोटोन सागा कार घर लैजाने छन्। यति मात्र नभई रिएलमी स्मार्ट फोन र अपाचे आरआर ३१० जित्ने मौका पनि पाउनेछन्।
सो योजना अवधिभर १० लाखसम्मको नगद, शत प्रतिशत क्यास ब्याक, अपाचे आरआर ३१० र प्रोटोन सागा कारका बिजेताको छनौट प्रत्यक्ष गोलाप्रथा मार्फत हरेक शुक्रवार साँझ ६ः४५ बजे हिमालयन टिभीबाट प्रशारण गरिने जगदम्बा मोटर्सले बताएको छ।a
प्रतिक्रिया