Logo

Banner-news

महालक्ष्मी बैंकद्वारा सुन फिर्ता, समाचारप्रति गम्भीर ध्यानाकर्षण


GDP नेपाल
   २० भाद्र २०७८, आइतबार


काठमाडौँ ।

महालक्ष्मी विकास बैंकले सुन धितो राखेर कर्जा लिएको विषयमा प्रसारण भएको समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको बताएको छ ।

आज एक प्रेस विज्ञप्ति जारी गर्दै बैंकले कर्जाको निश्चित विधि र प्रक्रिया पूरा गर्ने क्रममा लागेको समयलाई लिएर बैंकले ऋणीको धितोको सम्पत्ति नै नदिन खोजेको आशयको समाचार प्रकाशित हुनु आश्यर्च रहेको टिप्पणी गरेको छ ।

‘कुमारीपाटी शाखामा सुन धितो राखेर कर्जा लिएकी ललितपुर, ईमाडोलकी कर्जा ग्राहक विष्णु महर्जनले कर्जा चुक्ता गरी धितो फिर्ता लिने सन्दर्भमा फरक बुझाई हुनगई तत्काल धितो फिर्ता नभएको विषयलाई लिएर केही सञ्चारमाध्यममा आएका गलत समाचारप्रति यस बैंकको गम्भीर ध्यानाकर्षण भएको छ ,’ विज्ञप्तिमा उल्लेख छ ।

त्यस्तै, महर्जन शुक्रबार नै कर्जाको सम्पूर्ण साँवा व्याज भुक्तानी गरी धितोमा राखिएको सुन बुझेको बैंकले जनाएको छ ।

 

प्रकाशित : २० भाद्र २०७८, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह