Logo

बैंक / बिमा /शेयर

कुशे औंसी र तीजको अवसरमा बैंक अफ काठमाण्डूले ल्यायो नगदफिर्ता योजना


GDP नेपाल
   २० भाद्र २०७८, आइतबार


काठमाडौँ ।

बैंक अफ काठमाण्डू लिमिटेडले बुबाको मुख हेर्ने दिन र हरितालिका तीजको अवसरलाई लक्षित गरी फुडमाण्डू, भोजडिल तथा खानपिनफुड मार्फत आफुलाई मनपर्ने खाना तथा खाजाहरु अनलाइन मार्फत खरिद गर्दा नगदफिर्ता योजना ल्याएको छ ।

उक्त योजना अन्तर्गतत ग्राहकले आफूलाई मनपर्ने खाना तथा खाजाहरु अनलाइन मार्फत खरिद गरी बैंकको मोबाईल बैंकिङ्ग तथा कार्डको माध्यमबाट भुक्तानी गर्दा २५% वा रु.५०० सम्मको नगदफिर्ता पाउनेछन् । ग्राहक महानुभावहरुले नगदफिर्ता योजनामा सहभागि हुनको लागि अनलाइन अडर पश्चात् बिल भुक्तानी गर्दा बैंकको मोबाईल बैंकिङ्ग मार्फत क्यूआर कोड स्क्यान गरी तथा बैंकको डेबिट तथा क्रेडिट कार्ड मार्फत  (अनलाइन) कारोबार गर्नुपर्ने हुन्छ ।

यो योजना भदौ २० गते देखी २४ गतेसम्म लागू हुनेछ । यस योजनामा सहभागि पश्चात् प्रयोगकर्ताले कारोबार गरेको मूल्यको २५% वा रु.५०० सम्मको नगदफिर्ता कारोबार गरेकोे पछिल्लो दिन बैंकले सम्बन्धित बैंक खातामा जम्मा गरिदिनेछ । ग्राहकले यो सुविधा योजना अवधिभर हरेक दिने एकपटक सम्म प्रयोग गर्न सक्नेछन् ।

९० शाखा कार्यालयहरु, ७८ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहकलाई सुविधा प्रदान गर्दै आईरहेको बैंक यस बैंकले कुशे औंसी (बुबाको मुख हेर्ने दिन) तथा हरितालिका तीजको अवसरमा शुभकामना समेत दिएको छ ।

प्रकाशित : २० भाद्र २०७८, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह