Logo

कर्पोरेट-बजार

कोजेन्ट हेल्थः अस्पताल सफ्टवेयर मार्फत् सिधै बिमा दावी गर्न सकिने


GDP Nepal
   २० भाद्र २०७८, आइतबार


काठमाडौं । कोजेन्ट हेल्थले भक्तपुर अस्पताल र मेचीअञ्चल अस्पतालबाट बिमा व्यवस्थापन सूचना प्रणाली (आइएमआइएस) सँग एकीकृत स्वास्थ्य बिमा व्यवस्थापन प्रणालीको सुरूवात गरेको छ ।

यससँगै कोजेन्ट हेल्थ स्वास्थ्य बिमा बोर्डद्धारा प्रवर्द्धित आइएमआइएस प्रणालीमा जोडिने पहिलो इलेक्ट्रोनिक हेल्थ रेकर्ड सेवा प्रदायक कम्पनी बनेको छ ।

एकीकृत प्रणालीको सुरुवातसँगै स्वास्थ्य बिमामाआवद्ध सेवा प्रदायक स्वास्थ्य संस्थाहरूले बिरामीहरू स्वास्थ्य बिमा योजनामा आबद्ध भए नभएको जाँच गर्न र आबद्ध भएका बिरामीहरूको हकमा स्वास्थ्य बिमा सम्बन्धी आवश्यक विवरणको जानकारीको लागी कोजेन्ट हेल्थको इलेक्ट्रोनिक हेल्थ रेकर्ड प्रणालीको उपयोग गर्न सक्नेछन् ।

साथै स्वास्थ्य संस्थाहरूले सफ्टवयेरमार्फत् डिजिटल रूपमै बिरामीको बिमा दाबी गर्न सक्षम हुने भएका छन् । यो सगँै हालसम्म स्वास्थ्य सेवा प्रदायकले बिमा दावी गर्न बीमीतलाई स्वास्थ्य सेवाप्रवाहको क्रममा दिइएको सेवाको कागजात छुट्टै साइटमा प्रविष्ट गरिरहनुपर्ने दोहोरो र समय खपतहुने अवस्थाको अन्त्य हुने भएको छ ।

इलेक्ट्रोनिक हेल्थ रेकर्ड र बिमा सूचना प्रणाली जस्ता दुर्ई महत्वपूर्ण प्रणाली एकीकृत हुँदा नेपालमा अत्यावश्यक डिजिटल स्वास्थ्य इकोसिस्टम निर्माणमा सहयोग पुग्ने अपेक्षा गर्न सकिन्छ । कोजेन्ट हेल्थले पहिले नै फिनटेक र भुक्तानी प्रणालीसँग आफ्नो प्रणालीलाई एकीकृत गरीसकेको छ र डिजिटल स्वास्थ्यको क्षेत्रमा आवश्यक पर्ने महत्वपूर्ण प्रविधि निर्माण गर्दै आएको छ ।

कोजेन्ट हेल्थ प्रालि स्वास्थ्य सूचना प्रविधि क्षेत्रको नवप्रवर्तन कम्पनी हो ।

कम्पनीले इलेक्ट्रोनिक हेल्थ रेकर्ड (ईएचआर) मा आधारित अस्पताल तथा स्वास्थ्य संस्थाका व्यवस्थापनलाई पूर्ण रुपमा डिजिटलाइज गर्नका लागि प्रविधि निर्माणको काम गर्दै आएको छ ।

कोजेन्ट हेल्थद्धारा निर्मित कोजेन्ट ईएमआर, कोजेन्ट ईएमआर वेब, ई–अपोइन्टमेन्ट र स्मार्ट स्वास्थ्य जस्ता प्रविधिहरु नेपाल भरका ५० भन्दा बढी अस्पताल र स्वास्थ्य संस्थाहरुमा प्रयोग भइरहेका छन् ।

प्रकाशित : २० भाद्र २०७८, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह