Logo

बैंक / बिमा /शेयर

महालक्ष्मी विकास बैंक र नेपाल विद्युत प्राधिकरणबीच सम्झौता


GDP नेपाल
   २१ भाद्र २०७८, सोमबार


 

काठमाडौँ ।

महालक्ष्मी विकास बैंक र नेपाल विद्युत प्राधिकरणकाबीच विद्युत महसुल संकलन सम्बन्धि सम्झौता भएको छ । बैंकले आफ्ना ग्राहक तथा सर्वसाधारणलाई विद्युत महशुल बुझाउन सहजिकरण गर्ने उद्देश्यले नेपाल विद्युत प्रधिकरणसँग विद्युत महसुल संकलन सम्बन्धि सम्झौता गरेको हो ।

सम्झौतापत्रमा नेपाल विद्युत प्राधिकरणका तर्फबाट वितरण तथा ग्राहक सेवा निर्देशनालयका उपकार्यकारी निर्देशक मनोज सिलवाल र बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत बोधराज देवकोटाले हस्ताक्षर गरेका छन् । उक्त सम्झौता अनुसार बैंकका ग्राहक र सर्वसाधारणले आफुले खपत गरेको विद्युतको महशुल बैंकको मोवाइल बैंकिङ मार्फत वा बैंकको काउन्टरमा नै उपस्थित भई भुक्तानी गर्न सक्नेछन् । सम्झौता अनुसार सेवाग्राहीले मासिक रु ५०० रुपैया सम्मको विद्युत महशुल भुक्तानी गर्दा कुनै पनि सेवा शुल्क तिनुपर्दैन भने रु. ५०१ भन्दा माथी रु. ५,००,००० सम्मको महशुल भुक्तानीमा पाँच रुपैयाँ सेवा शुल्क भुक्तानी गर्नुपर्नेछ ।

यस प्रकारको विद्युत महसुल संकलन सम्बन्धि सम्झौताले सर्वसाधारणलाई बिना झन्झट विद्युत महसुल भुक्तानीमा सहयोग हुने बैंकले बताएको छ । महालक्ष्मी विकास बैंकले हाल देशका बिभिन्न स्थानमा रहेका १०३ वटा शाखाहरुबाट बैंकिङ् सेवा प्रदान गर्दै आएको छ ।

प्रकाशित : २१ भाद्र २०७८, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह