Logo

कर्पोरेट-बजार

निकासी-पैठारीमा ‘एकल प्रविष्ठ प्रणाली’को प्रभावकारी कार्यान्वयनमा जोड


GDP Nepal
   २१ भाद्र २०७८, सोमबार


काठमाडौं । निकासी पैठारी व्यवसायमा सिंगल इन्ट्री सिष्टम (एकल प्रविष्ठ प्रणाली)को प्रभावकारी कार्यान्वयनमा सरोकारवालाहरुले जोड दिएका छन् । नेपाल निर्यात परिषद् (इकोन)ले सोमबार राजधानीमा गरेको कार्यक्रममा व्यापारमा लागत कम गर्ने उपायहरुको खोजी गरिनुपर्ने र यसका लागि कागजी प्रक्रिया छोट्याउनुपर्नेमा सेवाग्राही र सेवा प्रवाहकर्ताहरुको एकमत रह्यो ।

इकोनले निर्यात व्यवसायीहरुको सहभागितामा ‘रेक्स अवारनेस एन्ड सिंगल इन्ट्री सिस्टम/आसीकुडा’ सम्बन्धी अन्तरक्रिया कार्यक्रम आयोजना गरेको थियो । कार्यक्रममा निकासी व्यापारमा देखा परेका समस्या र तिनको सम्बोधन सम्बन्धी छलफलसमेत भएको थियो ।

इकोन अध्यक्ष हरिबहादुर कार्कीले भन्सार लगायत अन्य सरोकारवाला निकायले एकल प्रविष्ठ प्रणालीमार्फत आवश्यक कागजात प्रमाणित गरी व्यापारलाई सहजीकरण गर्नुपर्ने बताए । अध्यक्ष कार्कीले हाल वैदेशिक व्यापारमा लागत बढी रहेको र समय पनि बढी लाग्ने भएकाले यसको प्रभावकारी कार्यान्वयन हुनुपर्ने बताए ।

कार्यक्रममा व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रका उपकार्यकारी निर्देशक राजेन्द्र सिंहले निकासी व्यापारमा व्यवसायीले जान्नैपर्ने प्राविधिक पक्षबारे विस्तृत जानकारी गराएका थिए । कार्यक्रमको समापन समारोहमा वाणिज्य तथा आपूर्ति सचिव दिनेश भट्टराईले निकासी व्यापार वृद्धिको राष्ट्रिय एजेण्डालाई सघाउन आग्रह गरेका थिए ।

प्रकाशित : २१ भाद्र २०७८, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह