Logo

कर्पोरेट-बजार

बोटलर्स नेपाल तराई ‘बेस्ट–प्रिजेन्टेड एनुअल रिपोर्ट अवार्ड २०२०’ बाट सम्मानित


GDP नेपाल
   २१ भाद्र २०७८, सोमबार


काठमाडौँ ।

नेपाल चार्टर्ड एकाउन्टेन्ट्स अफ नेपाल (आईक्यान)ले बोटलर्स नेपाल (तराई) लिमिटेड (बीएनटीएल) लाई जेनेरल सेक्टर (अन्य) श्रेणी अन्तर्गत “बेस्ट प्रिजेन्टेड एनुअल रिपोर्ट (बीपीए) २०२० अवार्ड”बाट सम्मानित गरेको छ । उत्कृष्ट प्रस्तुतीकरण, विस्तृत प्रकटीकरण र आर्थिक बर्ष २०७६/७७ को वार्षिक रिपोर्टको प्रस्तुतीमा उत्कृष्टताका लागी सम्मान प्रदान गरिएको हो ।

बोटलर्स नेपाल लिमिटेड (बीएनएल) लाई गत बर्ष पनि आईसीएएनले त्यही श्रेणीमा उप–विजेताको रुपमा पुरस्कृत गरेको थियो ।

कर्पोरेट प्रशासन र अनुपालन बोटलर्स नेपाल (तराई) लिमिटेडको डीएनएमा आन्तरिक प्रक्रियाहरु र स्थापित पद्धतिको एक परिणामको रूपमा स्थापित रहेका छन् ।

बोटलर्स नेपाल (तराई) लिमिटेडले उपभोक्ता, आपूर्तिकर्ता, र शेयरधारकहरुसहित सबै सरोकारवालाहरुसंग सम्बन्ध बनाइराख्नु निकै महत्वपूर्ण रहेको विश्वास व्यक्त गरेको छ । आईसीएएनले आयोजना गरेको एक समारोहमा यो अवार्ड सम्मानित इन्स्टिट्युट अफ चार्टर्ड एकाउन्टेन्ट्स अफ नेपाल (आई.सी.ए.एन) का अध्यक्ष सीए मदन शर्माले राजीव टन्डन, कन्ट्री फाइनान्स म्यानेजर र अशोक मण्डल, बोटलर्स नेपाल लिमिटेडका फाइनान्स कन्ट्रोलरलाई प्रदान गरेका छन् ।

यस अवार्डका बारेमा बोल्दै बोटलर्स नेपाल लिमिटेडका प्रबन्ध निर्देशक प्रदीप पाण्डेले भने, “बोटलर्स नेपाल (तराई) लिमिटेड आईक्यानद्वारा सम्मानित हुन पाउँदा निकै गर्वान्भित भएका छौं । म सम्पूर्ण टीमप्रति हार्दिक आभार प्रकट गर्न चाहन्छु जसले हाम्रो पेय पदार्थलाई नेपालीहरुको दैनिक जीवनको एक अहम हिस्सा बनाउँदै सही ढंगले व्यापारको सञ्चालन गर्न लागी पर्नुभएको छ ।”

प्रकाशित : २१ भाद्र २०७८, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह