Logo

कर्पोरेट-बजार

खड्काको अध्यक्षतामा कुरियर सेवा संघमा नयाँ कार्यसमिति


GDP Nepal
   २१ भाद्र २०७८, सोमबार


काठमाडौं । नेपाल कुरियर सेवा संघको अध्यक्षमा देवेन्द्र खड्का निर्वाचित भएका छन् । सोमबार राजधानीमा सम्पन्न संघको २७ औं वार्षिक साधारणसभाले खड्काको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ ।

संघको निवर्तमान अध्यक्षमा गोविन्द ढुंगेल रहेका छन् भने वरिष्ठ उपाध्यक्षमा दुर्गा प्रसाद सुवेदी, उपाध्यक्षमा अनिल राजभण्डारी, महासचिवमा राजकुमार सामरी निर्वाचित भएका छन् ।

यस्तै, संघको कोषाध्यक्षमा तिलराज खतिवडा तथा सचिवमा कृष्णप्रसाद नेपाल निर्वाचित भएको जनाइएको छ ।

संघको सदस्यमा निरञ्जन थापा, टंकमणि खरेल, निर्मला राठी, अर्जुन केसी र प्रकाश सुवेदी निर्वाचित भएका छन् ।

किरण थापा र मीना आचार्यलाई संघको सदस्यमा मनोनित गरिएको अध्यक्ष खड्काले जानकारी दिए ।

साधारणसभामा नेपाल उद्योग वाणिज्य महासंघकधा वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले कुरियर व्यवसाय मुलुकको आर्थिक विकासको बलियो आधार भएको उल्लेख गर्दै यसको संरक्षण र प्रवर्द्धनमा सरकार र निजी क्षेत्रले मिलेर अघि बढ्नुपर्ने बताए ।

प्रकाशित : २१ भाद्र २०७८, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह