Logo

कर्पोरेट-बजार

युनिलिभरद्वारा प्रतिकित्ता ६५० रुपैयाँ नगद लाभांश प्रस्ताव


GDP नेपाल
   २२ भाद्र २०७८, मंगलबार


काठमाडौँ ।

युनिलिभर नेपाल लिमिटेडले गत आर्थिक वर्षको कमाइबाट सेयरधनीलाई लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । युनिलिभरले गत आर्थिक वर्ष ०७७र८८ बाट अघिल्लो आवको तुलनामा ५५० रुपैयाँ धेरै लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

कम्पनीको २१ भदौमा बसेको सञ्चालक समितिको बैठकले गत आवबाट सेयरधनीलाई प्रतिसेयर ६५० रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

कम्पनीले अघिल्लो आवमा प्रतिसेयर १०० रुपैयाँ नगद लाभांश वितरण गरेको थियो । लगानीकर्ताले प्रस्तावित लाभांश कम्पनीको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि मात्र पाउने छन् ।

कम्पनीले लाभांश वितरण र साधारणसभाका लागि भनेर २५ असोजमा बुक क्लोज तोकेको छ । युनिलिभरको दोस्रो बजारमा प्रतिसेयर १९ हजार ५०० रुपैयाँ सेयर मूल्य छ ।

प्रकाशित : २२ भाद्र २०७८, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह