काठमाडौँ ।
प्राइम कमर्सियल बैंंकको ऋणपत्र नेप्सेमा सुचिकृत भएको छ ।
बैंकले निष्काशन गरेको ८.७५ प्रतिशत प्राइम डिवेन्चर २०८५ ऋणपत्र नेपाल स्टक एक्सचेञ्ज लिमिटेडमा कारोवार हुन सक्ने गरी सूचीकरण गर्ने सम्झौता भएको छ।
प्रति थान १ हजारको दरले हुन आउने २ अर्व ४४ करोड ७९ लाख ६३ हजार बराबरको २४ लाख ४७ हजार ९ सय ६३ थान डिवेन्चर सुचिकृत भएको हो । सम्झौता पत्रमा नेपाल स्टक एक्सचेञ्ज लिमिटेडको तर्फबाट निमित्त प्रमुख कार्यकारी अधिकृत निरन्जन फुयाल र प्राइम कमर्सियल बैंक लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत नारायणदास माननधरले हस्ताक्षर गरेका छन्।
प्रतिक्रिया