Logo

Sub-banner

आईक्यान परिषद् पार्षदमा सन्तोष काफ्ले निर्वाचित


GDP नेपाल
   २२ भाद्र २०७८, मंगलबार


काठमाडौँ ।

नेपाल चार्टर्ड एकाउण्टेन्ट संस्था (आईक्यान) को नवौं परिषद् पार्षदमा आईमार्क प्रालिका प्रमुख कार्यकारी अधिकृत सीए सन्तोष काफ्ले निर्वाचित भएका छन् ।

परिषद्का पार्षदमा काफ्लेसहित सीए भाष्कर लाला, युद्धराज ओली, रामचन्द्र खनाल, क्षेत्रगोपाल ध्वजु, पियुष आनन्द, सुजनकुमार काफ्ले, सुजन श्रेष्ठ, प्रवीनकुमार झा र सुरेन्द्र श्रेष्ठ निर्वाचित भएका छन् । कुल १७ सदस्यीय परिषद्मा चार्टर्ड एकाउण्टेन्ट्स समूहबाट १०, दर्तावाला लेखापरीक्षक समूहबाट ४ र महालेखापरीक्षकको सिफारिसमा सरकारबाट ३ जना मनोनित हुने व्यवस्था छ । जसमा दर्तावाला लेखापरीक्षक समूहबाट भोलानाथ पाठक, पोषराज नेपाल, शंकर ज्ञवाली र केशबहादुर केसी निर्वाचित भएका छन् ।

प्रकाशित : २२ भाद्र २०७८, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह