Logo

Banner-news

देशमा उपलब्ध स्रोतसाधन र युवाबहुल जनशक्ति नै हाम्रो मुख्य पुँजी हाे : अर्थमन्त्री शर्मा


GDP नेपाल
   २३ भाद्र २०७८, बुधबार


काठमाडौँ ।

अर्थमन्त्री जनार्दन शर्माले विदेशी लगानी क्षेत्रमा देखिएका कमीकमजोरीहरु सच्याएर सुरक्षित लगानीको वातावरण बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

लगानी बोर्डको दसौँ वार्षिकोत्सव समारोहमा सम्बोधन गर्लै मन्त्री शर्मा नेपालको आन्तरिक स्रोतसाधन र जनशक्तिलाई परिणाममुखी बनाउन वैदेशिक लगानी भित्र्याउनु जरुरी रहेको बताउँदै लगानीको वातावरण बनाउने प्रतिबद्धता व्यक्त गरेका हुन् ।

‘नेपालमा उपलब्ध अहिलेको जो स्रोतसाधन छ, हाम्रो युवाबहुल जनशक्ति जो छ, यो नै हाम्रो मुख्य पुँजी हो । हाम्रो अलौकिक प्राकृतिक सुन्दरतालाई पनि पुँजीका रुपमा लिनुपर्छ,’ उनले भने, ‘यसलाई परिणाममुखी बनाउन तथा सामाजिक न्याय र समृद्धि दिलाउनका लागि विदेशी लगानीको पनि आवश्यकता छ । त्यसमा म सरकारको एउटा अर्थमन्त्रीको हैसियतले यस क्षेत्रका कमीकमजोरीहरु सच्याएर अझ सुरक्षित लगानीको वातावरण बनाउने प्रतिबद्धता व्यक्त गर्दछु ।’

त्यस्तै, लगानी बोर्ड नै लगानी भित्र्याउने ढोका रहेको जनाउँदै उनले भने ‘लगानी बोर्ड नै हामीकहाँ लगानी भित्र्याउने ढोका हो । यो ढोकाबाट लगानीकर्ताहरु प्रवेश गर्दै–गर्दा हामीले लगानीको सुरक्षा दिनुपर्छ । तबमात्रै लगानी भित्राउन सकिन्छ, बढाउन सकिन्छ,’ ।

प्रकाशित : २३ भाद्र २०७८, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह