Logo

कर्पोरेट-बजार

हुन्डाईको फेष्टिभ डिलाइटः नगद छुट, कर र बिमादेखि आई ट्वेन्टी गाडीसम्म


GDP Nepal
   २४ भाद्र २०७८, बिहिबार


काठमाडौं । नेपालका लागि हुण्डाई गाडीको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले ‘हुन्डाई फेष्टिभ लिडाइट २०७८’ योजना सार्वजनिक गरेको छ ।

‘हुन्डाई फेष्टिभ लिडाइट २०७८’ योजना अन्तर्गत ग्राहकले हरेक हुण्डाई गाडीको खरिदमा आकर्षक उपहार र छुट पाउनेछन् । जसमा लक्की ड्र मार्फत एक जनालाई बम्पर उपहारमा नयाँ हुन्डाई आई ट्वेन्टी गाडी राखिएको छ ।

कम्पनीका अनुसार ग्राहकले ३ लाख रुपैयाँसम्मको आकर्षक नगद छुटको साथै स्क्रयाच कार्ड मार्फत १ लाख सम्मको थप नगद छुट पाउनेछन् ।

यस्तै, १ वर्षसम्मको सवारी बिमा र सडक कर (चालू आ.व.) प्राप्त गर्न सक्ने जनाइएको छ । हरेक हुण्डाई गाडीको खरिदमा ६ वर्षसम्म निस्शुल्क सर्भिस र ३ वर्षको वारेन्टी पनि प्राप्त गर्न सकिने जनाइएको छ ।

लक्ष्मी इन्टरकन्टिनेन्टलले प्रत्येक वर्ष चाडपर्वमा विभिन्न नौलो योजना ल्याउने गरेको छ ।

प्रकाशित : २४ भाद्र २०७८, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह