Logo

बिजनेस होम

ओरियन्टल होटल्सको साधारण सभा हुँदै, यस्ता छन् एजेन्डा


GDP नेपाल
   २४ भाद्र २०७८, बिहिबार


काठमाडौँ ।

ओरियन्टल होटल्स लिमिटेडले २४ औं वार्षिक साधारण सभा बोलाएको छ । सभा असोज १९ गते कम्पनीको रजिष्टर्ड कार्यालय, लाजिम्पाट, काठमाडौँमा दिनको ११ बजे भर्चुअल माध्यम जुम एमबाट सञ्चालन गर्न लागेको हो ।

सभामा गत आव २०७७/७८ बाट कुनैपनि लाभांश प्रस्ताव गरिएको छैन । विश्वमहामारी कोभिड १९ संक्रमणको कारण होटल बन्द रहँदा गत आवमा होटलले २६ करोड ४ लाख रुपैयाँ नोक्सानी ब्यहोरेको थियो ।

आव २०७५/७६ बाट ५ प्रतिशत बोनस र १०.७९ प्रतिशत नगद वितरण गरेको होटलले विगत २ वर्षयता आम्दानी ठप्प हुँदा लाभांश वितरण गर्न सकेको छैन । सभाले संस्थापक शेयरधनीको तर्फतबाट ४, सर्वसाधारण शेयरधनीको तर्फबाट २ र एक स्वतन्त्र गरी ७ जना सञ्चालक निर्वाचन गर्ने सभाको कार्यतालिका छ ।

सभामा सञ्चालक समितिको २४ औं वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, आर्थिक वर्ष २०७७/७८ को वित्तीय विवरण पारित गर्ने र लेखापरीक्षक नियुक्त गर्ने प्रस्तावहरु रहेका छन्।

प्रकाशित : २४ भाद्र २०७८, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह