Logo

बैंक / बिमा /शेयर

तेह्रथुम पावर कम्पनीको आईपीओ बाँडफाँट


GDP नेपाल
   २५ भाद्र २०७८, शुक्रबार


काठमाडौँ ।

तेह्रथुम पावर कम्पनीको आईपीओ बाँडफाँट भएको छ ।

कम्पनीले सर्वसाधारणका लागि छुट्याएको सात लाख ४४ हजार कित्ता शेयर बाँडफाँट गरेको हो । आवेदकहरूमध्ये ७४ हजार चार सय जनालाई १० कित्ताका दरले शेयर बाँडफाँट गरिएको छ । कम्पनीले बिक्रीमा ल्याएको कुल शेयरमध्ये १६ हजार कित्ता कर्मचारीहरूका लागि र ४० हजार कित्ता सामूहिक लगानी कोषका लागि छुट्याएको थियो ।

कम्पनीको आईपीओमा २३ लाख ५५ हजार ४४७ आवेदकले कुल दुई करोड ७८ हजार चार सय कित्ता शेयरका लागि आवेदन दिएका थिए, जसमध्ये २३ लाख ४६ हजार ६ सय २७ आवेदकको आवेदन स्वीकृत भएको छ । त्यस्तै, बाँकी आठ हजार आाठ सय २० जनाको आवेदन रद्द भएको छ।

प्रकाशित : २५ भाद्र २०७८, शुक्रबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह