Logo

कर्पोरेट-बजार

लिटमस केबलको ब्राण्ड एम्बेसडरमा राजेश हमाल दम्पत्ति


GDP Nepal
   २५ भाद्र २०७८, शुक्रबार


काठमाडौं । लुम्बिनी विद्युत उद्योग प्रा.लिले आफ्नो उत्पादनको बजार प्रवर्द्धनका लागि महानायक राजेश हमाल दम्पत्तिलाई ब्राण्ड एम्बेसडरमा नियुक्त गरेको छ । महानायक हमाल र मधु हमाल भट्टराईलाई ब्राण्ड एम्बेसरडको रुपमा नियुक्त गरिएको कम्पनीले जनाएको छ ।

हमाल दम्पत्ति दुई वर्षका लागि ब्रान्ड एम्बेसडरमा नियुक्त भएका हुन् । कम्पनीले प्रबर्द्धन गर्ने विभिन्न समारोह, विज्ञापन, समाजिक उत्तरदायित्वका कार्यक्रमहरुमा महानायक एवं मधुको उपस्थिति हुने छ ।

लुम्बिनी विद्युत उद्योगले नयाँ संरचनाको विकास गरी क्वालिटिमा नम्बर १ लिट्मस केवल ब्राण्डबाट आफ्नो विभिन्न प्रकारका तार र केबलहरू उत्पादन गर्दै आएको छ ।

लुम्बिनी विद्युत उद्योग प्रा.लि,सन् १९७७ मा स्थापित नेपालको पहिलो आल्मुनियम कन्डक्टर स्टिल रिइन्फोस्र्ड (एसीएसआर) कन्डक्टर निर्माण कम्पनी हो । कम्पनीले हालै नयाँ संरचनाको विकास गरी आफ्ना विभिन्न उत्पादनहरु बजारमा बिक्री वितरण गर्दै आइरहेको छ ।

चार दशकदेखि कम्पनीले विभिन्न प्रकारका तार र केबलहरू उत्पादन गर्र्दै आएको यस कम्पनीले हालै जर्मन प्रविधियुक्त नयाँ एडभान्स मेसिनहरुबाट आफ्ना उत्पादन गर्दै आइको छ । यससँगै कम्पनीले आफ्नो उत्पादन ठूलो क्षेत्रलाई अझै फराकिलो पार्दै, नेपालकै अग्रणी एवं ठूलो कम्पनी बन्न सफल भएको जनाइएको छ ।

“कम्पनीले निरन्तर गुणस्तरीय उत्पादनमा केन्दित भई क्वलिटिमा नम्बर १ रहनको लागि हालै एडभान्स जर्मन प्रविधियुक्त मेसिनहरुको प्रयोग समेत गर्दै आइरहेको र नेपालको सबैभन्दा ठूलो केबल निर्माता कम्पनी बन्न सफल भएको छ,” कमपनीका अध्यक्ष तथा प्रबन्ध निर्देशक रोहित गुप्ताले भने ।

महानायक हमालले पनि लिटमस केबलसँग जोडिन पाएकोमा प्रसन्नता व्यक्त गरे । “ब्राण्ड एम्बेसडरमा हामीलाई नियुक्त हुन अगाडी हामीले कम्पनीका विभिन्न उत्पादन युनिटहरुको अबलोकन एवं जानकारी हासिल ग¥यौं । वास्तवमै यस्तो एडभान्स जर्मन प्रविधिको प्रयोग गरी यति ठूलो क्षेत्रफलमा विद्युत केबल उत्पादन गर्ने सम्भवत यो नै पहिलो नेपाली कम्पनी हो भनेर हामी विश्वस्त भयौं,” हमालले भने ।


अत्याधुनिक जर्मन प्रविधिको प्रयोग गरी कम्पनीले ओभरहेड कन्डक्टर (एसीएसआर–एबीसी) केबल–एक्स्एलपीई कभर्ड कन्डक्टर्स/पावर केबल/कन्ट्रोल्स केबल/मल्टिकोर फिक्जेबल केबल/डोमेस्टिक हाउस वाइरिङ्ग एफआरएलएस–कन्सन्ट्रिक–फ्लेक्जिबल लगायत उत्पादन गर्दै आएको छ । कम्पनीका केबलहरुको प्रयोगले विद्युत बिललाई समेत घटाउने दावी कम्पनीले लिँदै आएको छ ।

लुम्बिनी विद्युत उद्योग लि नेपालको सबैभन्दा ठूलो निजी औद्योगिक एवं व्यापारिक समूहमध्ये एक, रमेश कर्पको भगीनी संस्थाका रुपमा रहदैं आएको छ । कम्पनी बुटवल औद्योगिक क्षेत्र, बुटवलमा अवस्थित छ ।

प्रकाशित : २५ भाद्र २०७८, शुक्रबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह