Logo

कर्पोरेट-बजार

मोटरहेडको अफरः ‘पर्व खुसीको, पर्व विश्वासको’


GDP Nepal
   २५ भाद्र २०७८, शुक्रबार


काठमाडौं । नेपालका लागि मोटरहेड मोटरसाइकलको आधिकारिक वितरक एसएलआर टेक्नो एन्ड ट्रेडले ‘पर्व खुसीको, पर्व विश्वासको’ नामक अफर सार्वजनिक गरेको छ । आसन्न दशै, तिहार, छठ लगायतका चाडपर्वलाई मध्यनजर गरी यो अफर ल्याएको कम्पनीले जनाएको छ ।

बिहीबारदेखि सुरु भएको यस अफर आगामी कात्तिक २४ सम्म चल्ने छ । अफर अन्तर्गत मोटरहेडका कुनै पनि मोटरसाइकल सीधै नगदमा खरिद गर्दा १२ हजार र फाइनान्स गरी खरिद गर्दा ८ हजार रुपैयाँ छुट पाइने छ ।

अफर अवधिमा मोटरसाइकल खरिद गर्ने ग्राहकहरु मध्येबाट गोलाप्रथा गरी तीन जना भाग्याशाली ग्राहकलाई क्रमशः १ लाख, ५० हजार र २५ हजार नगद प्रदान गरिने कम्पनीको जनाएको छ । कम्पनीको यो अफर नेपालभरका सोरुममार्फत प्राप्त गर्न सकिने छ ।

मोटरहेडको हालै धादिङ र मन्थलीमा पनि डिलरसिप विस्तार भएको छ साथै कावासोतीमा पनि बिक्रीकेन्द्र विस्तार गरिसकेको छ । यही भाद्र महिनाको अन्तिम सातादेखि विर्तामोडमा समेत बिक्री विस्तार हुने र दशै अगावै राजमार्गका अति व्यस्ता दुई तीनवटा थप स्थानमा समेत आधिकारिक सर्भिस सेन्टर विस्तार गर्ने योजना भएको कम्पनीको भनाइ छ ।

प्रकाशित : २५ भाद्र २०७८, शुक्रबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह