Logo

कर्पोरेट-बजार

अलबिदा रुक्म शमशेर राणाः व्यवसाय, खेलकुद र राजनीतिको त्रिवेणी !


GDP Nepal
   २६ भाद्र २०७८, शनिबार


काठमाडौं । मुलुकको राजनीति, खेलकुद तथा व्यवसाय तीन क्षेत्रमा पृथक पहिचान बनाएका रुक्म शमशेर राणाको शनिवार बिहान निधन भएको छ ।

मृगौला, सुगर, प्रेसरलगायतका रोगका कारण थलिएका राणा पछिल्लो समय सार्वजनिक जीवनबाट भने टाढै थिए । उनको शवलाई आइतबार दाहसंस्कार गरिने पारिवारिक स्रोतले जनाएको छ ।

डाबर नेपालका संस्थापक राणा बिपी कोइरालाकालीन अर्थमन्त्री सुवर्ण शमशेरका कान्छा छोरा हुन् । बहुराष्ट्रिय कम्पनी डाबर इन्डियालाई नेपाल भित्र्याएर सफल उद्यमीको समेत पहिचान बनाएका राणा खेलकुदमा पनि उत्तिकै सक्रिय थिए ।

डाबर इन्डियाका संस्थापक डा. बरमनका वाल्यकालका साथी समेत रहेका राणाले उनकै सहयोगमा नेपालमा डाबर नेपाल स्थापना गरेका हुन् । डाबरमार्फत स्वदेशमा उल्लेख्य रोजगारी सिर्जना तथा भारतमा निर्यातले अर्थतन्त्रमा ठूलो योगदान पर्याइरहेको छ ।

राणा राष्ट्रिय खेलकुद परिषद्, नेपालका आठौँ र तेह्रौँ सदस्यसचिव थिए। उनी दुई पटक सदस्यसचिव भएका थिए। उनले वि.सं. २०५० देखि वि.सं. २०५१ सम्म र वि.सं. २०५४ देखि वि.सं. २०५५ सम्म उक्त पदमा रहेर काम गरेका थिए ।

राणा ओलम्पिक कमिटिका अध्यक्ष समेत हुन् । सर्वोच्च अदालतले मान्यता दिएको उनको कमिटि र आईओसीले मान्यता दिएको अर्को कमिटिबीच अहिले पनि विवाद छ ।

जीवनको उत्तरार्द्र्धमा ललिता निवास प्रकरणका कारण केही तनावमा परेका राणा राजनीतिक रुपमा भने त्यत्ति महत्वाकांक्षी देखिएनन् ।

भारतका लागि नेपाली राजदूत समेत रहेका राणा प्रभावशाली व्यक्तित्व तथा आफूले पाएको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्ने व्यक्तित्वका रुपमा स्मरणीय रहनेछन् ।

प्रकाशित : २६ भाद्र २०७८, शनिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह