Logo

बैंक / बिमा /शेयर

खल्तीबाट आफ्नो बैंक खातामा नि:शुल्क रकम पठाउन सकिने


GDP नेपाल
   २७ भाद्र २०७८, आइतबार


काठमाडौँ ।

नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त अनलाईन भुक्तानी सेवा प्रदायक कम्पनी, खल्ती डिजिटल वालेटले ग्राहकहरुको अमुल्य प्रतिक्रिया तथा सुझावलाई मध्यनजर गर्दै खल्तीबाट बैंक खातामा नि:शुल्क रकम ट्रान्सफर गर्न सकिने अफर सञ्चालनमा ल्याएको छ ।

यस सेवा अन्तर्गत ग्राहकहरुले खल्तीबाट आफ्नो एक बैंक खाता सेभ गरी त्यसमा प्रत्येक अंग्रेजी महिनाको अधिकतम ५ पटक वा ५ हजार रूपैयाँ र दैनिक ३ पटक वा ५ हजार रूपैयाँसम्मको रकम निस्शुल्क ट्रान्सफर गर्न सक्नेछन् ।

त्यसैगरी खल्तीबाट खल्तीमा उपलब्ध कुनै पनि बैंकमा रकम ट्रान्सफर गर्ने जोकोहीले ५०५ सम्मको क्यासब्याक पाउनेछन् । जस्तै, यदी बैंक ट्रान्सफर शुल्क २० रूपैयाँ भएमा १० रूपैयाँ क्यासब्याक तुरुन्तै प्राप्त गर्न सकिन्छ।

यस निस्शुल्क पैसा पठाउन सकिने सुविधाले ग्राहकहरुको समय र पैसा बचत गर्न थप टेवा पुर्याउने खल्ती डिजिटल वालेटका मार्केटिंग अफिसर, साकार केसीले बतााएका छन्  ।

प्रकाशित : २७ भाद्र २०७८, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह