Logo

राजनीति

बार्गेनिङ गर्ने ट्याक्सीको दर्ता खारेज गरिने


appharu
   ९ श्रावण २०७५, बुधबार


काठमाडौं । सरकारले मिटरमा जान नमान्ने र सेवाग्राहीसँग बार्गेनिङ गर्ने ट्याक्सीको दर्ता खारेज गर्ने भएको छ । ट्याक्सीले उपभोक्ता ठगी गरेको व्यापक जनगुनासोपछि सरकार उनीहरुबिरुद्ध कठोर भएको हो ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले ट्याक्सीमा विद्यमान सिन्डिकेट अन्त्यका लागि सरकार प्रतिबद्ध रहेको भन्दै उनीहरुले जथाभावी गरे सरकार चुप लागेर नबस्ने प्रतिबद्धता जनाए ।

‘ट्याक्सीलाई सिस्टममा ल्याउनको लागि हामीले अनुगमन सुरु गरेका छौं,’ मन्त्री महासेठ भन्छन्, ‘ट्याक्सीहरु मिटरमा जान मान्दैनन्, हामीले नयाँ अभियान सुरु गरेका छौं, बार्गेनिङ गर्ने ट्याक्सीहरुको दर्ता खारेज गर्छौं ।’

ट्याक्सीको सिण्डिकेटको सवालमा पनि आफूहरुले मातहतका निकायलाई पर्याप्त निर्देशन दिईसकेको उनको दावी छसुनाए । उनले भने, ‘सबै कुरा रातारात परिवर्तन हुँदैनन्, यो पाँच महिनामा जनतालाई अनुभुति दिलाउनेगरि काम गरेका छौं र अब यसलाई अझ प्रभावकारी रुपमा अगाडि बढाउँछौं ।’

एक अर्को प्रसंगमा मन्त्री महासेठले आफूहरुले पेट्रोल र डिजेलबाट चल्ने गाडीहरुको संख्या घटाउन चाहेको बताए । विद्युतीय बस, ट्याक्सीहरुको व्यवस्था गर्न गइरहेको उनको भनाइ छ ।

प्रकाशित : ९ श्रावण २०७५, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
gdpnepal@gmail.com

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह