Logo

Banner-news

बजेटसम्बन्धि प्रतिस्थापन विधेयक स्वागतयोग्य : नेपाल चेम्बर्स अफ कमर्स


GDP नेपाल
   २७ भाद्र २०७८, आइतबार



काठमाडौँ ।

नेपाल चेम्बर्स अफ कमर्सले अर्थ सम्बन्धी अध्यादेशहरुलाई प्रतिस्थापन गर्ने बिधेयकका सम्बन्धमा संघीय संसदमा प्रस्तुत भएको बजेट स्वागतयोग्य रहेको बताएको छ ।

चेम्बरले बजेटमा कोभिड–१९ बाट अतिप्रभावित क्षेत्रका लागि थप राहत प्याकेज ल्याउने, चालु खर्च कटौती गरी बच्ने रकम कोभिड-१९ विरुद्धको खोप खरिदमा व्यवस्थापन गर्ने र कोभिड-१९ का कारण शिथिल अर्थतन्त्रको पुनरुत्थान गर्ने व्यवस्था सकारात्मक रहेको जनाएको छ । त्यस्तै, कोभिड-१९को प्रभावबाट रोजगारी र आय आर्जन गुमाएका अनौपचारिक एवम असंगठित क्षेत्रमा रहेको अति बिपन्न गरिवलाई राहत प्याकेजको घोषणा पनि स्वागतयोग्य कदम रहेको चेम्बरले बताएको छ ।

आज एक विज्ञप्ति जारी गर्दै कमर्सले भनेको छ ,’ पूर्वाधार क्षेत्रको विकासको लागी लगानीको श्रोत जुटाउन नयाँ ऋणपत्र जारी गरिने प्रस्तावलाई चेम्बरले सकारात्मक रुपले लिएको छ । बिनियोजन अध्यादेशमा प्रस्ताव गरिएको आन्तरिक तथा वैदेशिक ऋणको अंश घटाइएकोमा चेम्वर स्वागत गर्दछ ।’

कृषिबाली तथा पशुबालीको दायरा विस्तार गर्न अनुदानमा बृद्धि गरी ८० प्रतिशत पुर्‍याउने र कृषि तथा पशुजन्य व्यवसायमा रहेको जोखिम न्यूनीकरण गरी कृषि क्षेत्रमा किसानहरुको आकर्षण बृद्धि गर्ने, कृषि बाली तथा पशु बीमाको दायरा विस्तार गरी दिइँदै आएको बीमा प्रिमियम अनुदानमा साबिकको ५० प्रतिशतबाट बृद्धि गरी ८० प्रतिशत पुर्‍याइने सरकारको कदम पनि स्वागतयोग्य रहेको चेम्बरले ठहर गरेको छ ।

त्यस्तै, प्रधानमन्त्री कृषि आधुनिकीकरण कार्यक्रम अन्तर्गत प्रदेशस्तरमा उत्पादन, प्रशोधन, अनुसन्धान, तालिम एवं प्रसार कार्य नमूनाको रुपमा सञ्चालन गर्न सरकार, निजी क्षेत्र, सहकारी र कृषि सहकार्य समुहहरुको संयन्त्र निर्माण गरी कार्यन्वयन गर्ने प्रबन्ध मिलाएकोमा चेम्बरले आभार व्यक्त गरेको छ ।

‘अक्सिजन ग्यास तथा स्यानिटरी प्याड उत्पादन गर्ने उद्योगलाई ३ वर्षसम्म शत प्रतिशत र त्यसपछिको २ वर्ष सम्म ५० प्रतिशत कर छुटको व्यवस्था सकारात्मक छ । प्राबिधिक बिधामा अध्ययन गर्ने कक्षा १२ सम्म पढने बिद्यार्थीलाइ पढदै कमाउने कार्यक्रम पनि उत्साहवद्र्धक छ’,चेम्वरले भनेको छ ,’बजेट समग्रमा सकारात्मक भएता पनि आन्तरिक राजश्व २५ अर्वले वृद्धि तथा कूल गार्हस्थ्य उत्पादन ७ प्रतिशत वृद्धि गर्ने लक्ष कोभिड-१९ ले थलिएको बिषम परिस्थितिको कारणले चुनौतिपूर्ण हुनेछ ।’

प्रकाशित : २७ भाद्र २०७८, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह