Logo

बैंक / बिमा /शेयर

सेञ्चुरी कमर्सियल बैंकद्वारा ‘सेञ्चुरी रेमिट प्रिमियम खाता’ सञ्चालन


GDP नेपाल
   २८ भाद्र २०७८, सोमबार


काठमाडौँ ।

सेञ्चुरी कमर्सियल बैंकले नयाँ बचत खाता ‘सेञ्चुरी रेमिट प्रिमियम खाता’ को शुरूआत गरेको छ।

एक हजार रुपैयाँ न्यूनतम मौज्दातमा खोल्न सकिने उक्त खातामा वार्षिक ५.५० प्रतिशतको दरले त्रैमासिक रुपमा ब्याज भुक्तानी हुने छ।

यस खातामा अन्य बचत खातामा भन्दा १ प्रतिशत बढी ब्याज भुक्तानीका साथसाथै इन्टरनेट र मोबाइल बैंकिङ नि:शुल्क उपलब्ध गराउने बैंकले जनाएको छ । 

यस खातामा लकर सेवा, एटीएम लगायत सुविधाको पनि व्यवस्था गरिएको छ । रेमिट प्रिमियत खाता खोल्नको लागि रेमिट्यान्स प्राप्त गरेको रसिद बैंकलाई उपलब्ध गराउनु पर्नेछ ।

 बैंकले काठमाडौं उपत्यकामा २३ शाखा र ७ वटा एक्सटेन्सन काउन्टर र उपत्यका बाहिर १०३ शाखा,  ३ वटा एक्सटेन्सन काउन्टरका साथै १८ वटा शाखारहित बैंकिङ १५४ स्थानबाट कारोबार सञ्चालन गरिरहेको छ ।

प्रकाशित : २८ भाद्र २०७८, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह