Logo

बिजनेस होम

डिशहोमले ओमानमा हुने ट्राई नेसन्स सिरिजको प्रत्यक्ष प्रशारण गर्ने


GDP नेपाल
   २८ भाद्र २०७८, सोमबार


नेपाल क्रिकेट संघ (क्यान) र डिश मिडिया नेटवर्क लिमिटेडबीच नेपाल र ओमानमा हुने एक दिवसीय अन्तराष्ट्रिय ट्राई नेसन्स सिरिजको प्रत्यक्ष प्रशारण गर्ने सहमतिमा हस्ताक्षर भएको छ ।

डिश मिडिया नेटवर्कका तर्फबाट प्रबन्ध निर्देशक सुदिप आचार्य र क्यानका कोषाध्यक्ष रोशन कुमार सिंहबीच सम्झौतामा हस्ताक्षर भएको छ ।

उक्त ट्राई नेसन्सका सिरिजका छ वटा खेलहरु भदौ २८ गते देखि असोज ४ गते सम्म हुने छ । यो सम्झौता अन्तर्गत ओमानमा आयोजना हुने खेलहरु डिशहोमले एक्सन स्पोट्र्स एचडी वान र डिशहोम गो ओटीटी एपमार्फत प्रत्यक्ष प्रशारण गर्नेछ ।

जस अन्तर्गत नेपाल र अमेरिकाबीच भदौ २८ गते, ओमान र नेपालबीच भदौ २९ गते, ओमान र अमेरिकाबीच भदौ ३१ गते, नेपाल र अमेरिकाबीच असोज १ गते, ओमान र नेपालबीच असोज ३ गते र ओमान र अमेरिकाबीच असोज ४ गते खेल हुने छ ।

सम्पुर्ण खेलहरु नेपाली समय अनुसार ४ः१५ बजे ओमानको एमेरात क्रिकेट स्टेडियमबाट प्रत्यक्ष प्रशारण हुने छन् ।

प्रकाशित : २८ भाद्र २०७८, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह