Logo

बैंक / बिमा /शेयर

मुक्तिनाथ विकास बैंकद्वारा विभिन्न संस्था तथा व्यक्तिलाई सहयोग


GDP नेपाल
   २८ भाद्र २०७८, सोमबार


काठमाडौँ ।

मुक्तिनाथ विकास बैंकले सामाजिक उत्तरदायित्वअन्तर्गत संघसंस्था तथा व्यक्तिलाई सहयोग गर्दै आएको छ।

बैंकले प्रदेश १ र २ मा वित्तीय साक्षरताको अभियानमा सहयोग पुग्ने गरी ‘फाइनान्सियल डिजिटलाइजेसन लिट्रेसी’ का लागि ५ हजार रकम मिडिया इन्टरनेसनल प्रालिलाई सहयोग गरेको छ ।

बैंकले ३ थान ३ सिटरको फलामको कुर्सी मालपोत कार्यालय-कास्कीलाई हस्तान्तरण गरेको जनाएको छ। यसका साथै, बैंकले बालबालिकाको शिक्षामा टेवा पुर्‍याउनका लागि रेस्ट फाउन्डेसनअन्तर्गत हेरचाह गरिएका आर्थिक स्थिति कमजोर भएका बालबालिकाका लागि चाहिने किताबको दराज निर्माण गर्न ४० हजार रुपैयाँ सहयोग गरेको छ।

यसैगरी, बैंकले भैंसेपाटीस्थित प्रगति युवा क्लबद्वारा आयोजन भएको रक्तदान कार्यक्रमका लागि पनि आर्थिक सहयोग गरेको छ। उक्त कार्यक्रमले विद्यमान चरम रक्त अभावलाई केही हदसम्म भए पनि सहयोग हुने अपेक्षा बैंकले गरेको छ।

बैंकले आर्थिक स्थिति कमजोर भएका कास्की जिल्ला पोखरा महानगरपालिका–२२ का २८ वर्षीय प्रकाश बरालको मिर्गौला प्रत्यारोपणका लागि ५० हजार सहयोग गरेको छ। यस सहयोगबाट मुक्तिनाथ विकास बैंकले आफ्नो सामाजिक उत्तरदायित्वलाई आत्मसात् गर्दै नागरिकको हितमा काम हुने विश्वास लिएको छ।

प्रकाशित : २८ भाद्र २०७८, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह