काठमाडौँ ।
एनआईसी एशिया र राष्ट्रिय वाणिज्य बैंकको ऋणपत्र नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचिकृत भएको छ ।
नेप्सेका अनुसार ‘एनआईसी एशिया ऋणपत्र २०८८’ को १५ लाख ७३ हजार ८ सय ७२ कित्ता ऋणपत्र सूचिकृत भएको हो । १० वर्ष अवधि रहेको यो ऋणपत्रको व्याजदर वार्षिक ८.५ प्रतिशत रहेको छ ।
त्यसैगरी, राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको ८.५५ ‘आरबिबिएल डिबेञ्चर २०८३’ नामको २५ लाख कित्ता ऋणपत्र सूचिकृत भएको हो ।
प्रतिक्रिया